गृहपृष्ठ खबर कपिलवस्तु नगरपालिकाको निष्कर्ष: महिला तथा बालबालिका कार्यालयको भवन आईसोलेसन सेन्टर लागि अनुपयुक्त

कपिलवस्तु नगरपालिकाको निष्कर्ष: महिला तथा बालबालिका कार्यालयको भवन आईसोलेसन सेन्टर लागि अनुपयुक्त

कपिलवस्तु ८ जेठ कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ चपरतल्ला स्थित तत्कालीन महिला तथा बालबालिका कार्यलयको भवनमा आईसोलेनन सेन्टर संचालन गर्न उपयुक्त स्थान नभएको भन्दै अन्य स्थानमा सेन्टर संचालन खडा गर्न प्रशासनसंग आग्रह गरेको छ ।

महिला तथा बालबालिको भवनमा १० जना पनि राख्न मुस्किल पर्ने भएकाले त्यसको सट्टा अन्य ३ स्थानमा आइसोलेसन र क्वारेन्टाईन बनाउन प्रशासनलाई आग्रह गरिएको हो । मेयर किरण सिंहले प्रशासन कार्यालयलाई पत्राचार गर्दै त्यसको सट्टा नगरपालिका– ३ स्थित रिसाईन शान्ति बिहार वा नगरपालिका वडा नम्बर ११ रहेरामा रहेको स्वास्थय चोकीमा आइसोलेसन सेन्टर संचालन गर्दा राम्रो हुने बताए ।

यस्तै कपिलवस्तु बहुमुखी क्याम्पसमा ब्यस्थित क्वारेन्टाईन बनाउनु पर्ने उनले बताए । सो बिषयमा सुखरामपुरका स्थानीय बासीले समेत महिला तथा बालबालिकाकोे भवन आईसोलेशनका लागि उपयुक्त नभएको भन्दै कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र दिएका थिए । १ सय ११ जनाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा दुई तले भवनमा कोठाको संख्या समेत कम भएकोले उपयुक्त नभएको उल्लेख गरे ।

सो भवन लिडो नामक संस्थाले मासिक ३० हजारमा भाडामा दिने गरी संझौता गरिएको छ । यस्तै सो भवनमा नगरपालिकका कर्मचारी समेत बस्ने गरेका छन । लकडानउका बेला उनीहरुलाई पनि एकतर्फी रुपमा हटाउन नहुने स्थानीयले बताए । यस अघि प्रशासन कार्यालयले सो भवन सहीत जिल्लाका बिभिन्न ५ स्थानमा गरी ढाई सय बेडको कोरोना सेन्टर संचालन गर्नै निर्णय गरेको थियो ।

सम्बन्धित् समाचार