गृहपृष्ठ खबर कपिलवस्तुमा पोखरीमा डुबेर दुई वालकको मृत्यू

कपिलवस्तुमा पोखरीमा डुबेर दुई वालकको मृत्यू

प्रकाशित मिति:

कपिलवस्तुको कपिलवस्तु नगरपालिका बडा नं ११ जहदीको रेहराका २ वालकको डुबेर मृत्यू भएकोछ । अढाई बर्षका दुबै बालक घरदेखि १ सयमिटर टाढा खेल्दै पोखरीमा गएको र अकस्मात पोखरीमा डुवेका हुन् । उनीहरु जुम्लाहा बालक भएको स्थानीय वसिम मुसलमानले वताएका छन् । स्थानीय करिम शेषका जुम्ल्याहा सन्तान नफिस शेष र रहियान शेषको डुबेर मृत्यू भएको हो ।

मुस्लिम समुदायहरु रमजाानका कारण घरभित्रै धार्मिक कार्यमा रहेका बखत डुवेका बालकहरुलाई तत्काल जिवितै उद्धार हुन नसकेको वताइएकोछ । इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक आयुष प्रसाद जोशीका अनुसार उक्त घटना साँझ ६ वजेतिर भएको हो। घटना स्थलको मुचुल्का गरी पोष्टमार्टकालागि तौलिहवा अस्पत्ताल पठाइदै गरेको निरीक्षक जोशीले जानकारी दिए ।

सम्बन्धित् समाचार