गृहपृष्ठ खबर बाँकेका पहिलो संक्रमितसहित २१ जनाले कोरोना जिते, आजै घर फर्किदैं

बाँकेका पहिलो संक्रमितसहित २१ जनाले कोरोना जिते, आजै घर फर्किदैं

प्रकाशित मिति:

बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन्।

बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

‘उहाँ सबै नेपालगन्ज उपमहानगरपालिकाकै हुनुहुन्छ,’ श्रेष्ठले भने ‘ रि टेष्ट गर्दा उहाँहरुको रिपोर्ट नेगेटिभ आएको हुँदा केही बेरमा घर पठाउने तयारी भइरहेको छ।’

स्रोतका अनुसार शुक्रबार डिस्चार्ज भएर घर जान लागेका मध्य नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक पुरुषसहित र ८ का २० जना रहेका छन्।

फोकल पर्सन श्रेष्ठले निको भएर घर जान लागेकाहरु महिला समेत रहेको जानकारी दिएपनि कति जना? भन्ने खुलाउन चाहेनन्।

सम्बन्धित् समाचार