गृहपृष्ठ खबर थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।

आज कपिलवस्तुमा कोभिड १९ थप ९ जना पोजेटिभ पुष्टि भएका बाणगंगा नगरपालिका-वाड न. ७ का बर्ष ५३ पुरुष १ जना, वाड न ५ बर्ष २७ का पुरुष १ , वाड न. १० बर्ष २५ पुरुष १ जना, वाड न . ८ बर्ष २४ पुरुष १ जना र वाड न. ४ को बर्ष ८ को बालिका १ हुनुहुन्छ (कुल ५ जना ) ।

कपिलवस्तु नगरपालिका वाड न ३ बर्ष २९ का पुरुष १ जना हुनुहुन्छ ।मायादेवी गाउँपालिका वाड न. ४ बर्ष ४५ का पुरुष १, वाड न.५ बर्ष ३४ र ३६ का पुरुष २ जना हुनुहुन्छ ।

उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा हुनुहुन्छ ।यससङै कपिलवस्तुमा संक्रमितको संख्या ६९ पुगेको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित् समाचार