गृहपृष्ठ खबर कपिलबस्तुका २ जना पत्रकारमा पनि कोरोना संक्रमण देखियाे

कपिलबस्तुका २ जना पत्रकारमा पनि कोरोना संक्रमण देखियाे

प्रकाशित मिति:

कपिलबस्तु, जेठ ९
कपिलबस्तुमा थप ९ जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । जस मध्ये २ जना पत्रकार रहेका छन् ।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । एकजना बाणगंगा नगरपालिका चार नम्बरस्थित  टेलिभिजनका सञ्चारकर्मी हुन् ।

दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताए ।

 

सम्बन्धित् समाचार