स्वास्थ्य मन्त्रालयले जारी गरेको कोरोना संक्रमितको सूचीमा रहेका वडा नम्बर ८ का २४ वर्षीय पुरुष वडा नम्बर ८ का नरहेको खुलेको छ । मन्त्रालयको सूचना संगै वडा ८ मा त्रासको स्थिती पैदा भएको छ ।
बाणगंगा नगरपालिकाका २४ वर्षीय संक्रमित वडा नम्बर ११ भड्डिहवा निवासी रहेको खुलेको छ l वडा नम्बर ८ का पत्रकार भनिएका संक्रमित वडा ११ का भन्ने खुलेपछि वडा नम्बर ११ का बासिन्दामा त्रास फैलिएको छ ।
बाणगंगाका वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भूषालले पत्रकार भनिएका कोरोना संक्रमित आफ्नो वडाको नभएको बताउँदै त्रासमा नरहन वडाबासीलाई अनुरोध गर्नुभएको छ ।
बाणंगगामा संकलन गरिएको स्वाब मध्य ८५ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको छ l