गृहपृष्ठ खबर अर्घाखाँचीमा भारतबाट आएका ३ सय १ जना क्वारेन्टाइनमा

अर्घाखाँचीमा भारतबाट आएका ३ सय १ जना क्वारेन्टाइनमा

प्रकाशित मिति:

सन्धिखर्क : अर्घाखाँची जिल्लाभर भारतबाट आएका तीन सय एक जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो एक हप्तामा मात्र भारत गएका तीन सय एक जना जिल्ला भित्रिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

भारतबाट मानिस दैनिक आइरहेको र सबैलाई स्थानीय सरकारले कवारेन्टाइनमा राखेको उनको भनाइ छ ।जिल्लाका ६ स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा तीन सय ६३ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।

भारतबाट आएका तथा अन्य स्थानबाट आएका सबैलाई सम्बन्धित पालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित् समाचार