गृहपृष्ठ खबर कपिलवस्तुमा तत्काललाई टर्यो किट अभाव, तीन हजार किट जिल्लामा आयो

कपिलवस्तुमा तत्काललाई टर्यो किट अभाव, तीन हजार किट जिल्लामा आयो

किट अभावले पिसिआर परीक्षणमा ढिलाइ भइरहेका बेला तत्कालका लागि कपिलवस्तुमा किटको अभाव टरेको छ । जिल्लाका आठ पालिकाले आवश्यक भिटिएम किट किन्ने तयारी गरिरहेकै बेला स्वास्थ्य सेवा विभागबाट एकैपटक जिल्लामा तीन हजार किट आएको हो ।

जिल्लाका तीन पालिकाले तीन हजार दुई सय किट किनेर बुधबारदेखि नै स्वाब संकलन सुरु गरिसकेका छन् । कपिलवस्तु र शिवराज नगरपालिकाले एकएक हजार र यशोधरा गाउँपालिकाले ११ सय ८० थानि भिटिएम किट किनेर स्वाब संकलन कार्य अघि बढाएका हुन । जिल्लाका अन्य पाँच पालिकाले पनि किट किन्ने प्रक्रिया अघि बढाएका छन् ।

जिल्ला स्वास्थय कार्यालय कोरोना फोलक पर्सन कुमार थापाले ततकालका लागि पिसिआर परीक्षणका लागि चाहिने भिटिएम किटको अभाव टरेको बताए ।

सम्बन्धित् समाचार