गृहपृष्ठ खबर नेपालका ४० जिल्लामा कोरोना संक्रमण, संक्रमित ५०७ पुगे

नेपालका ४० जिल्लामा कोरोना संक्रमण, संक्रमित ५०७ पुगे

प्रकाशित मिति:

नेपालका ४० जिल्लामा कोरोना संक्रमण देखिएकाे छ । देशभर संक्रमित ५०७ पुगेका छन ।

नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पहिलाे पटक डडेलधुरा र बैतडीमा काेराेना दखिएसगै नेपालका ४० जिल्लामा कोरोना संक्रमण दखिएकाे हाे ।

सम्बन्धित् समाचार