आज शितगंगा नगरपालिकाका क्वारेन्टिनमा भारत बाट आएका १०० भन्दा बढी जना थपिएका छन् । शितगंगा नगरपालिकामा हिजो करीब १०० जना क्वारेन्टिमा रहेकोमा आज ११० जना आएका छन ।नगरपालिकाले सिमा क्षेत्रबाट गाडी सञ्चालन गर्न थाले पछि आउनेहरु बढ्न थालेका छन । शुक्रबार वडा नम्बर १ मा १७ जना लाइ भारतिय सिमा क्षेत्रबाट उद्धार गरिएको छ भने सनिबार २५ जनालाई ल्याउने तयारी भएको वडा न १ का वडा अध्यक्ष बुद्धि कृष्ण पौडेलले जानकारी दिनुभयो ।
वडा न २ मा ५० जना आएको र ३४ जना आज आउने तयारीमा रहेको वडा न २ का वडा अध्यक्ष गोबर्धन थापाले जानकारी दिनुभयो । । वडा न ३ मा आज ७ दक्सुपाटा क्वारेन्टिनमा र १ जना दहको करेन्टिनमा रहेका छन भने आउने क्रम समेत जारी रहेको वडा न ३ का वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनुभयो
वडा न ४ मा १ जना थपिएका छन भने आज साभm सम्म ६ जना व्यक्ति आउदै गरेको वडा न ४ का वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो । ,वडा नं ५मा ४जना आएको वडा न ५ का वडा अध्यक्ष कमल पौडेले जानकारी दिनुभयो । वडा नं ७ मा ९ जना आएको वडा नं ७ का वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो । वडा न ८ मा १ जना रहेको थपिएका छन ।
वडा न ११ मा १ जना आएको र कृष्ननगर नाका बाट १२ जना र सुनौलको नाकाबाट १४ जना सबै गरी २६ जना आज साँझ सम्म आउने वडा न ११ का वडा अध्यक्ष कपिल आलेले जानकारी दिनुभयो । शितगंगा नगरपालिकाका क्वारेन्टिनमा २१० जना आइसकेका छन भने आउने क्रम समेत जारी छ नगरपालिकाका ७ हजार ५ सय बढी भारत तथा बिभिन्न स्थानमा रहेका छन जसमध्ये ३ हजार भन्दा बढी आउने तयारीमा छन । शितगंगा नगरपालिकाको ज्योति माविमा रहेका ७ जना को स्वाब संकलन गरी भैरहवा लगीएको स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेले जानकारी दिनुभयो ।