गृहपृष्ठ खबर वडाध्यक्ष र पत्रकारमा नै संक्रमण देखिएपछि वाणगंगावासीमा त्रास छायो, तर संक्रमितको आत्मबल भने उच्च कायमै

वडाध्यक्ष र पत्रकारमा नै संक्रमण देखिएपछि वाणगंगावासीमा त्रास छायो, तर संक्रमितको आत्मबल भने उच्च कायमै

प्रकाशित मिति:

कपिलवस्तुमा शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन् । यसरी जनप्रतिनिधि र पत्रकारमा नै संक्रमण देखिएको अवस्थामा वाणगंगावासी त्रसित जस्तै भएका छन् । यद्यपी संक्रमित पत्रकार र जनप्रतिनिधि भने कोरोनालाई परास्थ गर्नमा आफुहरु सफल हुने बताउछन् । साथै उनीहरुले आफुलाई विभिन्न माध्यमबाट शिघ्र स्वास्थयलाभको कामना गरेकोमा धन्यबाद समेत व्यक्त गरेका छन् ।

‘आठजना संक्रमितमध्ये एकजना ४० वर्षका जनप्रतिनिधि र एकजना २७ वर्षका पत्रकार पनि हुनुहुन्छ’ कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले भने ।

यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ का अन्य संक्रमितमा १९ वर्षका पुरुष, वडा नं. ८ का २५ बर्षका पुरुष, वडा नं. १० का ३५ वर्षका पुरुष, वडा नं. ११ का ४२ वर्षका पुरुष रहेका छन् । यस्तै बुद्धभुमि नगरपालिका वडा नं. ४ का १७ वर्षकी युवती र २२ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको स्वाब जेठ ४ र ५ गते वाणगङ्गा नगरपालिकाको सिद्धार्थ क्याम्पसबाट संकलन गरिएको थियो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना फोकल पर्सन थापाले बताए ।

सम्बन्धित् समाचार