गृहपृष्ठ खबर भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ६ हजार बढि संक्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ६ हजार बढि संक्रमित

एजेन्सी

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१  पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ७२० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । –एएनआई

सम्बन्धित् समाचार