रुपन्देहीको एक क्वारेन्टाइनमा नै कुटपिट भएको छ । कुटपिट हुदां एक व्यक्ति घाईते भएका छन् । जिल्लाको मझगाँवा माविको क्वारेनटाइनमा रहेका एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुटपिट गरेका हुन् । कुटपिट हुने क्वारेन्टाइनमा १५२ जना रहेका छन् ।
कुटाईबाट घाईते हुने र कुटने व्यक्तिहरु सबै स्थानीय नै हुन् । भारतबाट आएका उनिहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । घाईते व्यक्ति रुपन्देहीको जिल्ला समन्वय समितिको सदस्य रहेका व्यक्तिका श्रीमान हुन् । ति घाईतेलाई उपचारको लागि एम्बुलेन्स मार्फत भैरहवाको यूनिभर्सल मेडिकल कलेजतर्फ पठाइएको गाउँपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य इन्जिनियर नुर हुसेन खाँले बताए ।
कुटपिटमा संलग्न रहेका ४ जनालाई कस्तो खालको कार्वाही गर्ने भन्ने विषयमा गाउँपालिका र ईलाका प्रहरी कार्यालयले छलफल गरिरहेको खाँले जानकारी दिए । महामारीको बेला छ उनले भने, मुद्दा चालाउने कि अर्को कुनै कार्वाही गर्ने बारे कुराकानी भैरहेको छ ।