तत्कालीन समाजबादी हाल जनता समाजबादी पार्टी युवा संघ कपिलबस्तुका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी कुश्हवा बढनीमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक दीप शमशेर जबराका अनुसार खानले कोरोना पोजेटीभ देखिएका व्यक्तिलाई आइसोलेशनमा लाने क्रममा विरोध गरेको आरोपमा नियन्त्रणमा लिईएको बताए । उनले शसस्त्र प्रहरी निरिक्षकलाई दुव्र्यवहार पनि गरेको प्रहरी उपरिक्षक जबराले बताए ।
तत्कालीन समाजबादी पार्टीका हाल जनता समाजबादी पर्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवका अनुसार खानले क्वारेन्टाइनमा रहेकोलाई ब्यावस्थापन गर्ना र छिटो आर डि टी वा पि सि आर गर्ना माग गर्दा प्रहरीले नियन्त्रणमा लिइएको. बताए । अध्यक्ष यादवले भने संघ अध्यक्ष खानलाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको बताए ।