गृहपृष्ठ खबर कपिलवस्तुका १० संक्रमित निको भएर फर्के घर

कपिलवस्तुका १० संक्रमित निको भएर फर्के घर

प्रकाशित मिति:

कपिलवस्तु । जेठ , १० ।

बुटवलको कोरोना विशेष अस्पतालबाट  एकसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन्। निको भएका उनीहरू सबै कपिलवस्तुका हुुन्।

दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।
‘बिरामी निको भएर पठाउँदा खुसी लागेको छ’, उनले भने, ‘आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिन्छ ।’

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनले बताए । थापाका अनुसार अहिले अस्पतालमा ८ जना नयाँ बिरामी थपिएका छन् । धागो कारखानाको कोरोना अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या ३४ छ ।

यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् ।

सम्बन्धित् समाचार