कैलालीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । उनी घोडाघोडी नगरपालिका–१० का ३३ वर्षीय जवरसिंह चौधरी हुन् । चौधरी गौरीगङ्गा नगरपालिका–१ स्थित सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आउनुभएको थियो । इँटाभट्टा नजिकै उनीहरु डेरा गरी बस्ने घरमा काम गर्ने क्रममा सोमबार बिहान तार सर्ट भर्इ करेन्ट लागेको प्रहरीले जनाएको छ ।
चौधरीलाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा इँटाभट्टाकै अर्का कामदार सुजन चौधरीसमेत घाइते भएका छन् । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा नवरसिंहको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।