दाङको घोराही उपमहानगर पालिकाले बनाएको कृत्रिम तालमा डुबेर एकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ गुलरियामा निर्माण गरिएको कृत्रिम तालमा डुबेर २२ वर्षीया पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
दाङ प्रहरीका अनुसार रोल्पा घर भई घोराहीको गुलरियामा बस्दै आएका विजय केसीको डुबेर ज्यान गएको हो ।
उनी रोल्पाको रुण्ढीगढी गाउँपालिका वडा नं। ९ का स्थायी बासिन्दा रहेको बुझिएको छ । यसअघि पनि सोही तालमा एक जनाको डुबेर ज्यान गएको थियो ।घोराही उपमहानगरपालिको पानी संरक्षणका लागि भन्दै नगरका विभिन्न स्थानहरुमा दुई दर्जन बढी कृत्रिम ताल निर्माण गरेको छ ।