कोरोनासँग विजय प्राप्त गरेका कपिलवस्तुका ५ जना रातभर लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा वास बस्नु परेको छ। शनिबार कपिलवस्तुका १० जना संक्रमितले कोरोनालाई विजय प्राप्त गरी डिस्चार्ज भएका थिए।
उनीहरु मायादेवी गाउँपालिकाका ४ जना, यशोधरा गाउँपालिकाका ३ जना कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउपालिका र वुद्धभूमि नगरपालिकाका १ जना रहेका थिए। मायादेवी गाउँपालिकाका ४ र शुद्धोधन गाउँपालिकाका १ जनालाई राति नै एम्बुलेन्सले उद्धार गरेको थियो। बाँकी ५ जनाले अस्पतालको गेटमै रात बिताउनु परेको थियो।
उनीहरूलाई बुटवल घागो कारखाना कोरोना विशेष अस्पतालले साझ डिस्चार्ज गरेको थियो। “राति सात बजेतिर खाना खायौँ। हामीलाई प्रदेशिक अस्पताल बुटवल ल्याएर त्यहाँबाट व्यवस्था मिलाउने भनेको थियो तर राति अबेरसम्म कसैले पनि वास्ता गरेनु कपिलवस्तु नगरपालिका ३ का कोरोना विजयी राजकुमार यादवले सुनाए। “यता मायादेवी गाउँपालिकाले राति नै एम्बुलेन्स पठायो। हामी रातभर मच्छड धपाउँदै बस्नुपर्योु यादवले बताए। एम्बुलेन्स चालकले मागे ५०० भाडा त्यही एम्बुलेन्समा लैजान आग्रह गरे। एम्बुलेन्स चालकले ५०० रुपैयाँ भाडा मागेको र आफूसँग पैसा नभएकोले जान नपाएको उनले सुनाए।
उनले राति कपिलवस्तुका एक पत्रकारलाई खबर गरेका थिए। पत्रकारले मायादेवी गाउँ पालिकाका जनप्रतिनिधिलाई आग्रह गर्दा एम्बुलेन्स हिँडिसकेको थियो। पूरा जानकारी आएको छैन : प्रजिअ “अस्पतालले १० जना मात्र डिस्चार्ज भएको जानकारी दिएको थियो। उनीहरु कुन पालिकाका हुन पूरा जानकारी आएको छैन प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
पत्रकारले बिहान यशोधरा गाउँपालिकाका अध्यक्ष ग्रिजेस पाण्डेसँग अनुरोध गरेपछि उनीहरूको उद्धार भएको थियो। उक्त एम्बुलेन्स यशोधरा गाउँपालिकामा ३ जना कोरोना विजयीलाई लिन गएको थियो। एम्बुलेन्सले कपिलवस्तु नगरपालिकाका १ जना, बुद्धभूमि नगरपालिकाका १ जनालाई समेत लिएर आएको थियो। दुवै जनालाई जिल्ला सदरमुकाम तौलिहवा पुराएर एम्बुलेन्स यशोधरा गाउँपालिकातिर लागेको थियो।









