गृहपृष्ठ खबर जेठभर लकडाउन कायमै , असारबाट मात्र नयाँ मोडालिटीको बनाउने सरकारको तयारी

जेठभर लकडाउन कायमै , असारबाट मात्र नयाँ मोडालिटीको बनाउने सरकारको तयारी

प्रकाशित मिति:

देशभर कोरोनाको संक्रमण थप फैलिदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ । कोरोनाको जोखिम बढेपछि जेठभर सरकारले लकडाउन खुकुलो समेत नबनाउने भएको हो ।

विश्वस्त स्रोतका अनुसार सरकारले जेठपछि नयाँ मोडालिटीको तयारी समेत गर्न थालेको छ । एकातर्फ कोरोना रोकथाम गर्नुपर्ने र अर्कोतर्फ आर्थिक गतिविधि पनि हुनुपर्ने भएकाले अप्ठ्यारो परिस्थिति बन्दै गएको छ । असारमा कृषि कर्मको चाप हुने हुँदा त्यस अघि नै सरकारले मोडालिटी बनाउने भएको छ ।

समुदाय र वस्तीमा कोरोना महामारी फैलन थालेपछि रोकथामका लागि लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव सरकारसम्म पुगेको छ । अर्कोतर्फ, लकडाउन कोरोना भाइरसभन्दा जोखिम बढाउने खालको भएबाट संकट बढ्दै गएको छ । यसबीच सरकारका जिम्मेवार अधिकारीहरु कस्तो कदम चाल्ने भन्नेबारे छलफल गर्न थालेको स्रोतले बतायो ।

यसैबीच, देशमा दिनहुँ ठुलो संख्यामा संक्रमित पत्ता लागेका छन् । सोमवार विहान मात्र  ७२ जना संक्रमित पत्ता लागेका छन् ।

सम्बन्धित् समाचार