कपिलवस्तु ,जेठ १२ ।
देशभरमा कोरोनाका ७२ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा गरी ७२ संक्रमित थपिएका हुन् ।जसमध्ये कपिलवस्तुमा सोमबार थप ३ जनामा कोरोना पुष्टि भएको छ ।आज देखिएका तिनै जना कोरोना संक्रमित शिवराज नगरपालिकामा वडा नं। ४, ५ र ६ का सबै पुरुष हुन् ।सोमबार ३ जना संक्रमित थपिएसंगै जिल्लामा ८३ जनामा संक्रमण देखिएको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् । शनिबार साँझमात्र बुटवलमा उपचाररत कपिलवस्तुका १० जना कोरोना संक्रमितले एकै पटक कोरोना जितेर घर फर्किएका थिए ।
कपिलवस्तुमा थप एक जना नर्सले कोरोना जितेर घर फर्किएकी छिन् । तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएको थियो ।कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाले नेपालकै पहिलो संक्रमित नर्सलाई १४ दिनको आइशोलेशन वार्ड बसाईवाट आज विदाई गरेको छ । त्यहा कार्यरत कोरोना संक्रमित स्टाफ नर्सले कोरोना संगको लडाईमा १४ दिनमा विजेता वनपछि अस्पत्तालले बिदाई गरेको हो ।
कोरोना देखिएपनि आईसोलेशनबाटै उनले कोरोना जितेर सोमबार घर फर्किएकी अस्पताल स्रोतले जनाएको छ । उहाको वैसाख २७ गते स्वाव संकलन गरीएको थियो । वैसाख ३० गते कोरोना भएको पुष्टी भएको थियो । देशभर संक्रमितको संख्या ६७५ पुगेको छ ।