सुर्यालाइफ इसुस्योरेन्स कम्पनी लि. तौलिवाह शाखाका कर्मचार र वरिष्ठ एजेन्सी म्यानेजरको संयुक्त आयोजनामा विश्व महामारीको रुपमा फैलिएको कोभिड –१९ अर्थात कोरोना भाइरसले विश्वनै त्रसित र आक्रान्त बनाएको अवस्थामा देश लकडाउन छ । लकडाउनको संवेदनशील अवस्थामा देशभन्दा वाहिर वाट आइरहेका मानिसहरुलाई सुरक्षीत स्थान क्वारेन्टाइनमा राखिएको अवास्थामा वुद्धभुमी न.पां.को वाड नं.१ र २ मा रहेका क्वारेन्टाइनमा राखीएका व्यक्ति हरुलाई वा त्यस वाड भित्र रहेका अति विपन्न परिवारलाई सहयोग होस भन्ने उद्देश्यले वडा नं. १ का वडा अध्यक्ष तेज ब. वस्नेत (तिलक) , वडा २ का वडा अध्यक्ष भेषराज शर्मा र वडा सदस्य इश्वरी प्रसाद खनाललाई रु १७००० ।– बराबरको खाद्यान्य र माक्स हस्तान्तरण गरिएको छ।
बरिष्ठ एजेन्सी म्यानेजर सन्ध्या खनाल पौडेलको संयोजकात्वमा एजेन्सी म्यानेजर माधप प्रसाद पौडेल,ज्ञानु आचार्य,मधु गैरे, पार्वता के.सी,रीता कुवंर, डोर ब. कुवंर, रन्जना ज्ञवाली,जाल्पा सोमई तौलिहवा शाखा प्रवन्धक सुवास चन्द्र आत्रेय र कर्मचारी अपथाराम यादवको सहयोग र सहभागीता रहेको थियो । बुद्धभुमी न.पा. को वडा नं १ को श्री सिद्धार्थ स्मारक मा.वि भलाईमा रहेको क्वारेन्टाइनको व्यवस्था उदाहरणीय रहेको र वडा अध्यक्ष बस्नेत, समाजसेवी विरेन्द्र मिश्र र युवा क्लव को प्रशासनीय काम रहेको प्रवन्धक आत्रेयले बताउनु भयो । 
कम्पनी शाखा परिवारले आगामी दिनमा पनि सहयोगका कार्यहरुलाइ निरन्तरता दिने म्यानेज आत्रेयले बताउनुभयो ।
उक्त कार्यलाई वडा अध्यक्ष तेज व. वस्नेत (तिलक) , समाज सेवी विरेन्द्र मिश्र र वडा सदस्य इश्वरी प्रसाद खनालले प्रसंसा गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।









