विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको नेपाल स्वयमसेवक संघ कपिलवस्तुले अपांगता भएका व्यक्तिहरुलाई राहत प्रदान गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० का कारण लकडाउनको विषम परिस्थितीमा अपांगता भएका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको प्रदेश सपिव सागर पौडेलले जानकारी दिएका छन् ।
संघले वाणगंगा नगरपालिकाका करिव सबै वडामा फरक क्षमता ९अपाङ्गता० भएका नागरिकहरुलाई राहत वितरण गरेको हो । उनीहरुलाई राहत स्वरुप दाल, चामल, नुन तेल लगायतका खाद्यन्न संस्थाले प्रदान गरिएको संघले जनाएको छ । लकडाउनको यो विषम परिस्थितीमा संघले सहयोग गरेकामा उनीहरुले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए । संस्थाका केन्द्रिय अध्यक्ष ज्योतिष खेमराज पौडेलको विशेष उपस्थिति, अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गाना, कार्यालय सचिव तथा राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारी, संस्थाका पदाधिकारीहरु, केन्द्रिय कार्यसमिति सदस्य विकास शर्मा, किरण खड्का, जन्जित पुरुष, संस्थाका प्रदेश सचिव एवं सञ्चारकर्मि सागर पौडेल, विशेष सहयोगी अनिस बञ्जाडे, पशुपति गिरी र केन्द्रिय कार्यसमित सदस्य रबिन्द्र पौडेलको कार्यक्रम संयोजकत्वमा राहत वितरण गरिएको हो ।