गृहपृष्ठ खबर बुद्धभूमीमा आईसोलेसनको अभाव, दुई कोरोना संक्रमितलाई विजयनगरको आइसोलेसनमा लगियो

बुद्धभूमीमा आईसोलेसनको अभाव, दुई कोरोना संक्रमितलाई विजयनगरको आइसोलेसनमा लगियो

प्रकाशित मिति:

कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका दुई जना कोरोना संक्रमितलाई विजयनगर गाउँपालिकास्थित आइसोलेशन सेन्टरमा व्यवस्थापन गरिएको छ । अझैसम्म बुद्धभूमीमा आइसोलेशन को व्यवस्थापन हुन सकेको छैन् । दुई पालिकाका प्रमुखहरु बीच समन्वय गरी बुद्धभूमी वडा नं.४ का २२ वर्षिय र १७ वर्षिय कोरोना संक्रिमित पुरुषलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिएका छन् ।

उहाँहरुलाई कोरोना संक्रमितहरुाई विजयनगर गाउँपालिकाको वडा नं. ७ स्थित परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा बनाईको आइसोलेशन सेन्टरमा राखिएको छ । दुवै कोरोना संक्रमितलाई आइतवार मात्र लगिएको हो ।

हालसम्म गाउँपालिकाका ३ जना र बुद्धभूमीका २ जना गरी ५ जना कोरोना संक्रमितलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य र प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा रहेको अधिकारी बताए ।

विजयनगरका ३ जनामा एकैपटक कोरोनाको संक्रमण देखिएपछि गाउँपालिकाकाले २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएकोहो ।

सम्बन्धित् समाचार