गृहपृष्ठ खबर अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने, दुवैजनाको स्वास्थ्य अवस्था सामान्य

अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने, दुवैजनाको स्वास्थ्य अवस्था सामान्य

प्रकाशित मिति:

अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने भएको छ । दाङको कोरोना अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।  रेडक्रसको एम्बुलेन्समा उनीहरुलाई दाङ लैजाने तयारी गरिएको छ । एम्बुलेन्स चालक र उनीहरु दुईजना मात्रै दाङ जानेछन् ।

अर्घाखाँचीमा सोमबार दुई जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु गाउँकै विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेको छन् । कुनै लक्षण नदेखिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।

सम्बन्धित् समाचार