बिमल प्रशाद पोख्रेल,
भारतकाे लुधियाना बाट जेठ ८ गते परिवार सहित ऐरावति गाउँपालिका-६ प्युठानमा आएकी २६ बर्षिया एक महिलाकाे क्वारेन्टाइन बसेकाे बिधालयमा आज बिहान मृत्यु भएको हो l
उनी लामाे समय देखि व्रेन ट्युमरकाे बिरामि रहेकाे पारिवारिक स्राेतले जनाएको छ । क्वारेन्टाइनमै बसेकाे समयमा मृत्यु भएकोले कसरी दाहसंस्कार गर्ने भन्ने बिषयमा जिल्ला प्रसासन कार्यालय र स्वास्थ्य मन्त्रालय संग छलफल जारि रहेकाे गाउँपालिका अध्यक्ष नविलविक्रम शाहाले बताउनु भयाे l









