अर्घाखाँचीको जिल्ला विपत व्यवस्थान समितीको बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा राजनीतिक दलका प्रमुख ,स्थानिय निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख सर्वपक्षीय बैठकले बिभिन्न निणर्य गरेको छ सिनपा १ मा रहेको युवावर्ष र विचित्र माविमा आईसोलेससन निर्माण गरि कोराना सक्रमितको उपचार गर्ने निर्णय भएको छ ।
यस्तै सिमा नाकामा अलपत्र परेका नागरिकलाई विहान ५ बजे देखि बेलुका ५ बजे मात्र अनुमति दिने समेत निर्णय भएको छ । क्वारेन्टाईनमा रहेका र फन्टलाईनका रहेका व्यत्तिको पिसिआर चेक गर्नको लागि केन्द्रीय र प्रदेसँग कीट माग गर्ने कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य साम्रगि उपलब्ध गराउने सबैलाई धन्यवाद दिदै थप स्वास्थ्य साम्रगी उपलव्ध गराउन सघ,प्रदेश सरकारलाई अनुरोध गर्ने कोराना भाईरस परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशाला स्थापनाको लागि सामाजिक मन्त्रालय प्रदेश ५ मा अनुरोध गर्ने लगायतका निणर्य भएका छन ।