गृहपृष्ठ खबर बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरेर पतिपत्नीको मृत्यु, २ जना घाइते

बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरेर पतिपत्नीको मृत्यु, २ जना घाइते

जाजरकोट : स्वास्थ्य चौकी निर्माणका लागि बालुवा निकाल्ने क्रममा जाजरकोटमा पतिपत्नीको पुरिएर मृत्यु भएको छ । नलगाड नगरपालिका–९ तात्रका ३६ वर्षीय एक्कबहादुर सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्नी कुमारीको घटनास्थलमा नै मृत्यु भएको र गम्भीर घाइते एक्क बहादुरको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

सम्बन्धित् समाचार