गृहपृष्ठ खबर कपिलवस्तुका ११ सहित बुटवलको एन्फा सेन्टरको आइसोलेसनमा १४ कोरोना संक्रमित भर्ना

कपिलवस्तुका ११ सहित बुटवलको एन्फा सेन्टरको आइसोलेसनमा १४ कोरोना संक्रमित भर्ना

रुपन्देही : कपिलवस्तुका ११ सहित बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसन सेन्टरमा १४ जना कोरोना भाइस संक्रमितलाई भर्ना गरिएको छ।उनीहरु नवलपरासी र कपिलवस्तुका स्थानीय हुन् ।

धागो कारखानामा रहेको कोरोना अस्पतालमा ठाउँ अभाव भएपछि फुटबल मैदानसहितको एन्फा एकेडेमीमा पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण भएका बिरामी राख्ने आइसोलेसन कक्ष बनाइएको हो ।

‘भवन, मैदान, धारा पानी फूलबारी सबै क्षेत्र आइसोलेसन कक्षको लागि प्रयोग गरेका छौं,’ मन्त्रालयका चिकित्सा महासाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले भने। राष्ट्रिय तथा स्थानीय फुटबल प्रतियोगिता हुने मैदान रहेकाले त्यहाँ रहने संक्रमितको लागि वातावरण खुल्ला हुनेछ । आइसोलेसन कक्षमा ५० वटा शैया राखिएको छ ।

सम्बन्धित् समाचार