गृहपृष्ठ खबर बाणगंगाले १ सय ४० जनाको स्वाब संकलन गर्दै

बाणगंगाले १ सय ४० जनाको स्वाब संकलन गर्दै

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाले थप १ सय ४० जनाको स्वाब संकलन आज देखि सुरुगरेको छ ।

कोरोना संक्रमित भेटिएका समुदायमा कन्ट्याक्क ट्रेसिङको काम सम्पन्न भएपछि स्वाब संकलन सुरु गरिएको हो ।

बाणगंगा नगरपालिकामा दुईजना सञ्चारकर्मी, एकजना जनप्रतिनिधि र एक बालिका रहेको समुदायको कन्ट्याक्क ट्रेसिङ गरिएको नगर प्रवक्ता विष्णु पौडेलले बताए जानकारी दिए।

नगरपालिकाले आज मंगलवार र बुधबार गरेर १ सय ४० जनाको स्वाब संकलन गरिने बाणगंगा नगरपालिकाका स्वास्थ्य साशा प्रमुख ठगराज पौडेलले बताए ।

स्वाब परिक्षण लिदा कन्ट्याक्क ट्रेसिङमा आएका समुदाय र क्वारेनटाइनमा बसेर समय पुगेका व्यक्तिलाई प्राथमिकता दिइने उनले बताए ।

सम्बन्धित् समाचार