गृहपृष्ठ खबर कोसी अस्पतालबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

कोसी अस्पतालबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

प्रकाशित मिति:

विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निको भएका छन् । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । उनका अनुसार कोरोना निको हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किका थिए ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ जना छ ।

सम्बन्धित् समाचार