सांसद विमला नेपालीले रुकुममा गत जेठ १० गते मारिएका दलित युवालाई सहिद घोषणा गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले आफूले चाहेको व्यक्तिसँग बिहे गर्न पाउनु नैसर्गिक अधिकार रहेको बताउँदै बिहेका लागि कानूनले कुनै जात नचिन्ने र मात्र २० वर्ष उमेर भएको चिन्ने बताउँदै सो घटनामा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गरेकी हुन् ।
उनले भनिन्–‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस् । संसदीय छानविन समिति बनाई दोषीहरुलाई हदैसम्मको कारबाही गरियोस भन्ने माग गर्न चाहन्छु ।’
प्रेम सम्बन्धका कारण रुकुममा मारिएका नवराज विकलाई सहिद घोषणा गर्न सांसदको माग
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैप्रधानमन्त्री ओली चीन प्रस्थान
५६ मिनेट अघि
१२०० घट्यो सुनको भाउ
१ घण्टा अघि
दाङमा कौडा खेलेको आरोपमा १७ जना पक्राउ
२ घण्टा अघि
तुलसीपुरमा बस दुर्घटनामा घाइते एक महिलाको मृत्यु
२ घण्टा अघि