गृहपृष्ठ खबर नेपालगन्जमा ‘लु’ चल्न थाल्यो, तापक्रम ४१.८ डिग्री

नेपालगन्जमा ‘लु’ चल्न थाल्यो, तापक्रम ४१.८ डिग्री

नेपालगन्ज : नेपालगन्जमा दुई दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको छ । मंगलबार यो वर्षकै सबैभन्दा बढी तापक्रम पनि मापन गरियो । जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका नायब मौसम विज्ञान सहायक योजना बस्ताकोटीका अनुसार मंगलबार ४१.८ डिग्री सेल्सियस तापक्रम थियो । जबकी न्यूनतम् तापक्रम भने २४.२ मात्र थियो ।

आइतबार रातिदेखि नेपालगन्जमा चर्को गर्मी महसुस हुन थालेको हो । न्यूनतम् तापक्रम पनि बढेकाले रातिको समयमा पनि गर्मी भइरहेको छ । पंखाले समेत तातो हावा फाल्ने गरेको छ । दिनमा धेरै लामो समयसम्म विद्युत जाने भएकाले नागरिकलाई थप सास्ती भइरहेको छ ।

सम्बन्धित् समाचार