विश्व महामारीका रुपमा फैलीएको कोरोना कारण बाणगंगामा संक्रमित बढदै गएपछि नगरपालिका रोकथामका लागी लागेको छ । नगरभित्र क्वारेन्टाइन निमार्ण देखि आइसोलेसनको ब्यवस्थापनको लागी लागेको हो । मनकामना सामुदायिक बन उपभोतmा समुहले वडा नः १ र २ मा २० वटा पलङ (खाट) निमार्ण गरी सहयोग गरेको छ ।
बाल मावि बैरीयामा बनका अध्यक्ष अमित पौडेलले वडा अध्यक्ष बाल कुमारी अधिकारी पन्त र वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेललाइ हस्तान्त्रण गरेका हुन ।
बाणगंगा नगरपालिकाले हरेक वडामा क्वारेन्टाइन निमार्ण गर्ने भएपछि बनले पनि सहयोग गरेको हो । सो अवसरमा प्रदेश सभा सदस्य बिष्णु पन्थी, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, समाजसेवि शकंर पाण्डे ,दोलक राम घिमिरे, अर्जुन शाही लगायतले के कसरी क्वारेन्टाइन ब्यवस्थापन गर्ने बिषयमा धारणा राखेको थिए ।