कपिलवस्तुको वाणगंगा नगरपालीकामा १ सय ५२ जनाको कोरोना संक्रमण भए नभएको पुष्टी गर्न स्वाव संकलन गरिएको छ । नगर स्वस्थ्य शाखाका अनुसार सिद्धार्थ क्याम्पसमा वुधवार विहान संचारकर्मि १७ जना, जन प्रतिनिधि १३ जना, वाणगंगा नगरका कर्मचारी २८ जना, सुरक्षाकर्मि २ जना, सिद्धार्थ क्याम्पसको क्वारैन्टाईनमा रहेका १५ जना र समुदायका नागरिकको ७७ जनाको स्वावको नमुना संकलन गरिएको हो ।
कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत वुद्धआवाज संचारगृहमा कार्यरत संचारकर्मिहरुको पनि वुधवार नै स्वाव संकलन गरिएको छ । संचारगृहमा कार्यरत दुई संचारकर्मिमा कोरोना पोजेटिभ देखिएपछि सामुदायिक रेडियो वुद्धआवाज र टेलीभिजनमा कार्यरत संचारकर्मि र कर्मचारीको स्वाव संकलन गरिएको हो । वाणगंगा ४ गजेहडामा रहेको भवनमा विगत ५ दिन देखि क्वारेन्टाईनमा रहेका ८ जना र संचारगृहमा कार्यरत कर्मचारीहरु ९ जना गरि १७ जनाको स्वाव संकलन गरिएको छ ।
संचारकर्मिको नजिक सम्पर्क रहेर काम गरेका र संचारगृह भित्र रहेर विभिन्न फाँटमा कार्यरत कर्मचारीहरुको सिद्धार्थ क्याम्पसमा स्वाव संकलन गरिएको हो । संचारकर्मिको कोरोना भए–नभएको जाँच गर्न स्वाब संकलन गरिएको वाणगंगा नगर स्वास्थ्य शाखाले जनाएको छ । साथै वुधवारै दुई संचारकर्मिका परिवार र नजिकमा रहेर सम्पर्कमा आएका व्यक्तिहरुको पनि परिक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वताउनु भयो ।
यसैविच वाणगंगा नगरको स्वास्थ्य शाखाले वाणगंगा नगरपालीकाका नगरप्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशाासकिय अधिकृत चरामणी पन्थी सहित १३ जना जन प्रतिनिधिको पनि वुधवार नै स्वाव संकलन गरेको छ । नगरका एक जना जन प्रतिनिधिमा नतिजा पोजेटिभ देखिएपछि उहाँ संगको नजिकको सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरिएको स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले वताउनु भयो । सवै संचारकर्मि, जनप्रतिनिधि गरि १ सय ५२ जनाको २–३ दिन भित्रमा नतिजा आउने र परिक्षणका लागि संकलन भएको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने स्वास्थ्य शाखाको भनाई छ ।