गृहपृष्ठ खबर रुकुम घटना : भेरी नदीमा फेरी अर्को युवकको शव फेला

रुकुम घटना : भेरी नदीमा फेरी अर्को युवकको शव फेला

रुकुम पश्‍चिममा भएको घटनामा बेपत्ता युवामध्ये एकजनाको शव फेला परेको छ। स्थानीय, प्रहरी र गोताखोरको टोलीले भेरी नदिको किरानमा आज १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला परेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

‘बेपत्ता मध्ये लोकेन्द्रको शव आज भेटिएको छ,’ श्रेष्ठले भने, ‘उनको शव आज स्थानीय, प्रहरी, र सशस्त्र प्रहरीको गोताखोरको टोलीले भेरीकै किनारमा भेटेको हो। अरु बेपत्ता यूवाहरुको खोजी जारी छ।’ रुकुम पश्‍चिमका डीएसपी ठगबहादुर केसीले ती युवकको शव डोरीले हात बाँधेको अवस्थामा शव फेला परेको हो। उनको टाउकोमासमेत चोट लागेको देखिएको छ।

यसअघि भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो। उनका अनुसार अझै सन्दीप विक र गोविन्द शाही बेपत्ता छन्। हराइरहेका यूवाहरुको खोजीमा हिजो मंगलबारबाट सशस्त्रको गोताखोरं परिचालन गरिएको डिएसपी श्रेष्ठले  जानकारी दिए। भेरीमा ४ जना सशस्त्रका गोताखोरले बेपत्ता युवाहरुलाई खोजिरहेका छन्।

सम्बन्धित् समाचार