शिव खनाल,
शितगंगा नगरपालिका वडा नं ११ का मनकारी समाजसेवी द्वारा बिहिबार वडाको क्वारेन्टिनमा बाल्टि ब्रस,खेलकुद सामाग्री र हात धुने साबुन सहयोग गर्नुभएको छ । वडामा रहेको क्वारेन्टिनमा सहज होस भन्नका लागि र कोरोना भाइरसको जोखिमलाई कम गर्न मद्दत पुगोस् भन्दै १/१ वटा टुटिवाला बाल्टिन, १/१ दर्जन हात धुने साबुन र माक्स बितरण गरिएको हो ।
विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या बढ्दो क्रममा रहेको हुँदा एकआपस विचको भौतिक दुरि कायम गर्नुपर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा साबुनपानीले पटकपटक मिची मिची हात धुनुपर्ने भएकोले जनचेतनात्मक कार्यक्रम सहित बाल्टी र हात धुने साबुन वडाको क्वारेन्टाइनमा प्रदान गर्नुभएको हो ।
सहयोग प्रदान कार्यक्रममा सितगंगा नगरपालिका वडा ११ का वडा अध्यक्ष कोपिला चन्द्र आलेले हरेक विपतमा समाजसेवी विक्रम पल्ली र अहेब भानुभक्त बेल्वासेले गर्दै आएको सहयोग प्रती धन्यवाद दिदै हरेक परिस्थितिलाई समय अनुसार व्यवस्थित गर्न सके सफलता प्राप्त गर्न सकिने बताउनु भएको छ ।
अध्यक्ष आलेले यो विषम परिस्थितिमा सबै सजग हुन सके जोखिम कम गर्न सकिने बताउनु भएको छ । खेलकुद सामाग्री , बाल्टी र हात धुने साबुन वितरण कार्यक्रममा सितगंगा ११ का वडा अध्यक्ष कोपिल चन्द्र आले, अन्य दलका प्रतिनिधि समाजसेवी लगायतको उपस्थिति रहेको थियोे ।