गृहपृष्ठ खबर बाणगंगामा नदीजन्य पदार्थको चोरी गर्ने ६ दिनसम्म जरिवाना तिर्न गएनन्, जिल्ला पठाउने तयारी

बाणगंगामा नदीजन्य पदार्थको चोरी गर्ने ६ दिनसम्म जरिवाना तिर्न गएनन्, जिल्ला पठाउने तयारी

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ बाट गत ९ गते नदीजन्य पदार्थको चोरी निकासि गर्दा प्रकाउ परेका जेसिबि र टे«क्टर धनीले जरिवाना तिर्न नगएको पाइएको छ । एउटा जेसिबि सहित ६ वटा टे«क्टरलाई ईलाका प्रहरीले गत ९ गते रातको समयमा बाणगंगाको वडा नः ८ मा नदीजन्य पदार्थको चोरी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।

नियमानुसार जरिवाना तिर्न नथालेर छुटाउनका लागी तस्करहरले बिभिन्न किसिमबाट दवाब दिएको भएतापनि जरिवाना नतिरेसम्म नछोडिने ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले बताए । उनले ६ दिन भई सकेको र अव जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी समेत भएको  बताए ।

सम्बन्धित् समाचार