गृहपृष्ठ खबर देशमा आज मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

देशमा आज मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

प्रकाशित मिति:

विहानैबाट काठमाडौं उपत्यकामा वर्षा शुरु भएको छ । चट्याङसहित वर्षा शुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भु भाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राती देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू(भाग लगायत पश्चिमी पहाडी भू(भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित् समाचार