गृहपृष्ठ खबर विश्वास मंगोलियन कन्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाइटर बिक्रम पल्लीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण ।

विश्वास मंगोलियन कन्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाइटर बिक्रम पल्लीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण ।

प्रकाशित मिति:

शिब खनाल,सितगंगा
साविक शितगंगा नगरपालिका वडा नं. ११ फोर्सल हाल कपिलवस्तुको बुद्धभूमि न.पा. ९ बकुलीपुर निवासी समाजसवी विक्रम पल्लीले बिहिबार शितगंगा नगरपालिका वडा नं. ११ को कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन ।

निर्माण व्यवसायी समेत रहेका विक्रम पल्लीले शितगंगा न.पा. ११ को वडा कार्यालयले स्थापना गरेको क्वारेन्टाईनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको टिमलाई आवश्यक पर्ने मास्क, ग्लोब्ज, सेनिटाईजर लगाएतका स्वास्थ्य सामग्री अध्यक्ष कपिल आलेलाई हस्तान्तरण गरेका हुन । यस अघि पनि पल्लीले भारतबाट आएकाहरूलाई १ दिन खाजा नास्ता सहित खाद्यान्न सामग्री सहयोग गरेका थिए । सानो उमेर देखि नै पल्ली सामाजिक क्षेत्रमा सकृय भूमिका निर्वाह गर्दै आएका एक समाजसेवी व्यक्तित्व हुन् ।

छिमेकी देश भारतबाट सिमा नाका हुदैं नेपाल आउने बढ्दोक्रम भएपछि कोरोना भाईरस (कोभिड १९) को उच्च जोखिमबाट बच्न शितगंगा ११ ले आवश्यकता अनुसार क्वारेन्टाईन व्यवस्थापन गरेको छ ।

यसरी क्यारेन्टाईनलाई स्वास्थ्य सामग्रीको अभाव भईरहेका बेला समाजसेवी पल्लीले हस्तान्तरण गरेका सामग्री निकै उपयोगी हुने वडा अध्यक्ष आलेले बताएका छन । यस्तो विषम परिस्थितिमा वडासँग समन्वय गर्दै सहयोगी हात बढाएकोमा वडा अध्यक्ष आलेले धन्यवाद व्यक्त गरेका छ्न ।

पल्लीबाट प्राप्त सामग्री क्वारेन्टाईनमा रहेका व्यक्ति र स्वास्थ्यकर्मी, स्वयमसेवकलाई प्रदान गरिने अध्यक्ष आलेले बताए । यसरी पल्लीले जस्तै गरी सबैबाट सहयोगको अपेक्षा समेत व्यक्त गरेका छन ।

वितरणका क्रममा वडास्तरिय विपद व्यवस्थापन समितिका सदस्य, वडाका प्रतिनिधी लगाएतको सामाजिक दुरी कायम गरी उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार