कपिलवस्तुमा कोरोनामुक्त भएकामा पुनः कोरोना संक्रमणको पुष्टि भएको छ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाका तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएको हो ।
विहीबार राप्ति विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा विजयनगरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यिनीहरुको गत जेष्ठ ९ गते नमुना स्वाब संकलन गरी कोरोना परिक्षणका लागि दाङ पठाइएको थियो । सोहि मध्ये ९ जनामा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य कार्यालय कपिलवस्तुले विहीबार साँझ गरेको थियो ।









