वैखरी अनलाइन बुद्धभुमी,
किडाक नेपाल कपिलवस्तुले बुद्धभूमि नगरपालिका वडा नं. ४ लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
शनिवार किडाक नेपाल कपिलवस्तुले वडा नं. ४ भृकुटि मा वीमा आई क्यारेन्टाईन व्यवस्थापनका लागि वडा अध्यक्ष पवन कुमार थारुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
किडाक नेपाल कपिलवस्तुले सर्जिकल मास्क २ सय थान, ग्लोब्ज २० सेट, साबुन २ पेटि, डिजिटल थर्मोमिटर ५ थान, जग र टुटि सहितको प्लाष्टिक बाल्टी ५/५ थान, सेनिटाइजर १०० पिस, हस्तान्तरण गरेको छ । करिब ३० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको किडाक नेपाल कपिलवस्तुले जनाएको छ ।

वडाको क्वारेन्टाइनमा यसरी सहयोग गर्नेमा पहिलो किडार्क नेपाल रहेको भन्दै वडा अध्यक्ष चौधरीले धन्यवाद दिदै अन्यलाई पनि आफू सक्दो सहयोग गर्न अनुरोध गर्नुभएको छ।









