विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगीत खोपहरु सेवा कपिलवस्तुको वाणगंगा नगरपालीकामा शुरु भएका छन् । शनिवार देखि २१ गते सम्म नगरका सवै ११ वटै वडामा एक साथ खोपसेवा शुरु गरिएको हो । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न नगरले खोप स्थगन गरेको थियो ।
नगरपालीकामा प्रत्येक महिनाको १७ गते देखि २१ गते सम्म खोप कार्यक्रम सञ्चालन गर्ने समय तालिका रहेको छ । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका १ अस्पपताल र ६ स्वास्थ्य चौकीबाट खोप संचालन गरिएको छ । सामाजिक दुरी कायम गरि ६५० बढी बालबालिका, गर्भवती महिलालाई सामाजिक दुरी कायम गर्दै खोप सेवा संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।
महिला स्वास्थ्य स्वंमसेवीका, जनप्रतिनिधि, टोल विकास संस्थाको निगरानीमा खेप संचालन गरिएको नगरले जानकारी दिएको छ । खोप नछुटाउनका लागि बालबालिका र गर्भवती महिलालाई नगर स्वास्थ्य शाखाले अनुरोध समेत गरेको छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ रोगविरुद्ध खोप दिइन्छ । नगरले खोप दिदां सामाजिक दुरी दूरी कायम गरिएको र स्वास्थ्यकर्मीलाई पिपिइ लगायतका स्वास्थ्य सामाग्रीको प्रयोग गर्दै खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।









