डडेल्धुरा : डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकलाई राखिएको थियो।
न्यौपानेका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगेका थिए। ‘उहाँहरू राति आउनुभएको हो। राति पुगेकाले बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।’ डीएसपी न्यौपानेले भने, ’हामीकहाँ फोन आयो। बालक गम्भीर बिरामी छ भनेर। यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं।’









