रुकुमको चौरजहारीमा दलित युवासहित पाँच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका माग गर्दै कपिलवस्तुमा साङ्केतिक बिरोध सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा आईतबार वाणगंगा नगरपालिका चार नम्बर जितपुरमा विरोध प्रर्दशन कार्यक्रम गरिएको हो। देशका विभिन्न स्थानमा घटेका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूलाई लिएर विरोध प्रर्दशन गरिएको हो ।
कार्यक्रम उपस्थित सम्पूर्णले जातीय भेदभावको अन्त्य गरौं, रूकुम घटनाका दोषीलाई कार्वाही गर लेखिएका प्ले काड लिएका थिए ।
विरोध कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न अधिकारकर्मी, पत्रकार, नागरिक समाजकर्मी र सामाजिक अभियानकर्मीहरु सहभागी भएका थिए । विरोध कार्यक्रम एक अर्का विच सामाजिक दुरी कायम गरि गरिएको थियो ।