अर्घाखाँची ।
कपिलवस्तु जिल्लाको बुद्धभूमीबाट अर्घाखाँची आएको तरकारी फिर्ता गर्न आफूले नै भनेको भए तापनि फ्याक्न नभनेको अर्घाखाचीका सिडिओ बिजयराज पौडेलले बताएका छन् ।

सर्वदलिय निर्णय अनुसार जिल्ला बाहिरबाट तरकारी आयात बन्द गर्ने निर्णय भए अनुसार नै आफूले तरकारी फिर्ता गर्न निर्देशनन दिएको बताए । तर तरकारी डम्पीङ्ग साइडमा फ्याँकिएछ । त्यसमा प्रहरीहरुले फ्याँक्न लगाएको भन्ने पनि सुनिएकाले थप कुरा बुझ्दै गरेको उनले वैखरी अनलाइनलाई बताए ।









