गृहपृष्ठ खबर तत्काल उद्धारका लागि आगलागी वस्तीमा पुग्यो तरुण दल र नेविसंघ कपिलवस्तु

तत्काल उद्धारका लागि आगलागी वस्तीमा पुग्यो तरुण दल र नेविसंघ कपिलवस्तु

प्रकाशित मिति:


कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. १० मा आईतवार भएको आगालागिका कारण लाखैको क्षति भएको छ । बाणगंगा १० पटना बिरपुरमा रहेको अर्जुन प्रसाद चौधरीको घरमा आगालागि भएको हो । खाना पकाउने ग्यास चुलोमा सर्टभएर आगलागी भएको चौधरीले बताएका छन् । आगलागी भएको  थाह पाउनसाथ  तत्काल उद्दारका लागि आगलागी बस्तिमा तरुण दल र नेविसंघ कपिलवस्तु पुगेर सहयोग गरेको छ ।

आगलागीले चैधरीको घरगोठ खाद्यान्न, लत्ताकपडा, गरगहना, महत्त्वपूर्ण कागजात जलि पुर्ण नष्ट भएको बताईएको छ । आगालागिका कारण कुनै मानविय क्षेति भएको छैन । आगलागी करिब ३ बजे भएको हो ।

आगलागीको घटना थाह पाउनसाथ नेविसंघ र तरुण दल कपिलवस्तुको टिम उक्त घटनास्थल पुगि त्यहाको बस्तुस्थिती बुझी अग्निपिडितलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेको छ । आगलागी पीडितलाई उनकै घरमा पुगि तत्काल आवश्यक पर्ने खाद्यान्न दाल,चामल,तेल,नुन त्यसैगरी डसना,झुल सिरानी लगायतका सामाग्री हस्तान्तरण गरिएको तरुण दलका क्षेत्रीय सदस्य दिपक घिमिरेले बताए ।

आगलागी भएको खबर वडा न १०का वडा सदस्य रामनक्षेत्र चौधरीले नेविसंघ र तरुणदललाई सुनाएका थिए । खुला आकासमुनी बस्न बाध्य रहेको परिवारलाई मानवीय नाताले तत्कालका लागि आवस्यक पर्ने खाद्यान्न जुटाई सहयोग गरेको बताइएको छ ।

सामाजिक कार्यका लागि लागिपरेको तरुणदल र नेविसंघले पीडितको घाउमा थोरै भएपनि मलम लगाउन सफल भएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए ।

त्यस्तै बिपत्तिमा को के भनेर हेर्ने भन्दा पनि परिवारलाई आवस्यक परेको सामाग्री जुटाई उनिहरुको घाउमा मलम लगाउन आफुहरु पुगेको र पीडितको पिडामा आफुहरु काध थापेर उनिहरुलाई आवश्यक पर्ने केही खाद्यान्न सहयोग गरेको तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले बताए ।

 

सहयोग सामाग्री हस्तान्तरणमा तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरी,नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,तरुण दल क्षेत्रीय सदस्य दिपक घिमिरे, नेविसंघका नेता खिमानन्द घिमिरे, वडा १०का वडा अध्यक्ष रामबिहारी चौधरी, वडा सदस्य रामनक्षेत्र चौधरी,नेपाली कांग्रेसका नेता कृष्ण कार्की, रमेश चाई लगायतको उपस्थितिमा आगलागी पीडित चौधरीलाई सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त सामाग्री पाइसकेपछी अग्नि पीडित अर्जुन प्रसाद चौधरीले तरुण दल र नेविसंघलाई धन्यवाद ब्यक्त गर्दै तत्कालको लागि यो सहयोग ठूलो सहयोग भएको बताए ।

सम्बन्धित् समाचार