गृहपृष्ठ खबर जाजरकोट चौरझारी र देबदह घटनाको बिरोधमा कञ्चनमा बिरोध र्यालि

जाजरकोट चौरझारी र देबदह घटनाको बिरोधमा कञ्चनमा बिरोध र्यालि

प्रकाशित मिति:

 

रुपन्देहीको कञ्चन गाउपालिकामा रुकुम जाजरकोट घटनाको बिरोधमा बिरोध सभा भएको छ । गत जेठ ११ गते पश्चिम रुकुम जाजरकोट चौरझारीमा नवराज बि.क. लगायत ६ जनाको निर्मम हत्या र देबदह घटनाको बिरोधमा जागरण महिला समूहको नेतृत्वमा बिरोध र्यालि सहित बिरोध सभा भएको हो ।

कञ्चन ५ को गौरी स्थित भैसाही माध्यमिक बिधालयको नयाँ भवनबाट शुरु भएको बिरोध ¥याली वडा कार्यलय घनश्यामचौक हुदै गरगरेचौकमा पुगि बिरोध सभामा बक्ताहरुले २१ औं शताब्दीमा आइपुग्दा पनि जातिय बिभेद अन्त्य नहुनु र जातियताको आधारमा समाजलाई बिभाजन गर्न खोज्नु दानविय कार्य भएको उल्लेख गरेका छन ।

जातिय बिभेदको अन्त्य गर,सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कार्बाही गर जस्ता नारा सहितको प्ले कार्ड पर्दर्शन गरिएको बिरोध ¥यालीलाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वार्ड नं. ५ का वडा अध्यक्ष तथा कञ्चन गाउपालिकाका प्रवक्ता कृष्ण प्रसाद अधिकारीले जातिय बिभेदको समूल अन्त्यका लागि सयौं शहिदहरुले बलिदानी गरेर स्थापना भएको संघिय गणतान्त्रिक नेपालमा सामन्तबादी सोंच भएका केही ब्यक्तिहरुका कारण जातिय बिभेदलाई जिवितै बनाउन खोज्नु दानविय कार्य भएको धारणा ब्यक्त गरेका छन ।

 

बिभिन्न संघसंस्थाका प्रतिनीधिहरुको एक्यबद्धता सहितको सहभागितामा बिरोध ¥यालीमा घटनामा संलग्न ब्यक्तिहरुलाई कुनैपनि बहानामा छुटकारा नदिन सरकारलाई ध्यानाकर्षण गराउदै घटनाको सत्य तथ्य रुपमा छानबिन गरी दोषीलाई कार्बाही गर्न समेत सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन रुपन्देहीका अध्यक्ष प्रेम बहादुर बि.क.ले आग्रह गरेका थिए । समाजमा पुरुष र महिला गरी दुई जात मात्र भएको गणतान्त्रिक ब्यबस्थामा जात धर्म र संस्कारको आधारमा बिभेद गरी निर्मम हत्या गरिनु समाजलाई जातिय द्वण्ड निम्त्याउने प्रयास भएको प्रति सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

जागरण महिला समूहका अध्यक्ष बसन्ती बि.क.को अध्यक्षतामा भएको बिरोध कार्यक्रममा कुमारी घर्ति मगर,गिरी प्रसाद पुन,देबि कुमारी महतो, लगायतले पश्चिम रुकुम जाजरकोट चौरझारी र रुपन्देहीको देबदह घटनाको बिरोधमा एक्यबद्धता जाहेर गर्दै मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम समूहका सचिव मिना बि.क.ले गरेका थिए ।

सम्बन्धित् समाचार