गृहपृष्ठ खबर कोरोनाको लक्षण नदेखिएकाको पनि पीसीआर विधिमार्फत परीक्षण गर्ने सरकारको तयारी

कोरोनाको लक्षण नदेखिएकाको पनि पीसीआर विधिमार्फत परीक्षण गर्ने सरकारको तयारी

प्रकाशित मिति:

कोरोना भाइरसको लक्षण नदेखिएकाको पनि पीसीआर विधिमार्फत स्वास्थ्य परीक्षण गर्ने तयारी पनि सरकारले गरेको छ ।विशेषगरी भारतबाट आएकाहरुको स्वास्थ्य जाँचलाई प्राथमिकता दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वरेन्टीनमा राखिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भारतबाट आएका सबैलाई पहिलो चरणमा क्वरेन्टीनमा राखिने छ । १४ दिनसम्म क्वरेन्टीनमा बसेकाको शंका लागे पीसीआर विधिमार्फत परीक्षण गरिने छ ।

नेपालमा लक्षण नै नदेखिएकालाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले भारतबाट आएका तर शंकास्पद देखिएकाको परीक्षण गर्ने तयारी भएको देवकोटाले बताउनुभयो । १४ दिनसम्म क्वरेन्टीमा राखे पछि उनीहरुलाई घर फर्काइने छ । घर फर्किएपछि कुनै समस्या देखिए उनीहरुलाई घरमा नै क्वरेन्टीनमा राखिने छ ।

यसैगरी सरकारले अग्रपंक्तिमा काम गर्ने सबै डाक्टर तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने भएको छ । सङ्क्रमितको उपचारमा खटिएका डाक्टरसहित स्वास्थ्यकर्मीको बेला बेलामा परीक्षण थाल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले सङ्क्रमितको संख्या बढ्दै गए पछि वैकल्पिक प्रयोगशालाको बारेमा छलफल थालेको छ । अहिले भएका प्रयोगशाला अपर्याप्त हुन सक्ने भन्दै वैकल्पिक प्रयोगलाशा कसरी स्थापना गर्ने भन्ने विषयमा तयारी भईरहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्तरीको राजविराजमा छिट्टै पीसीआर विधिमार्फत परीक्षण गर्ने प्रयोगशाला स्थापनाको तयारी भएको छ । अहिले २ लाख जनालाई पीसीआर विधिमार्फत परीक्षण गर्न औषधि रहेको र थप औषधि खरिदका लागि प्रक्रिया सुरु भइकेको अधिकारीले बताउनुभयो ।

सम्बन्धित् समाचार