शसस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमावर्ति क्षेत्रबाट ठुलो मात्रामा छोहाडा बरामद गरेको छ । सिमामा निगरानी गर्न खटिएको शसस्त्र प्रहरीको टोलीले ३ लाख ३७ हजार ५०० मुल्य बराबरको छोहडा बरामद गरेको हो ।
नेपालबाट भारत निकासी गर्न जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेरा दशगजा नजिकै एक छाप्रोमा लुकाई राखेको १३ क्वीन्टल ५० किलो छोहडा आज दिउँसो शसस्त्र प्रहरीले विशेष सुराकीको आधारमा बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नं.२६ गण हेडक्वाटरका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिनु भयो ।
उहाँका अनुसार शसस्त्र प्रहरी बल बिओपी हरपुरको इन्चार्ज शसस्त्र प्रहरी निरिक्षक रबि खकुरेलको कमाण्डमा गणको मोबाईल टोलीले विशेष सुराकीको आधारमा लुकाईछिपाई राखिएको उक्त छोहडा बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको उहाँले बताउनु भयो । लुकाई राखिएको उक्त छोहडा रातीको समयमा नेपालबाट भारत निकासी गर्ने एक सुराकीबाट जानकारी पाउनु वित्तिकै शसस्त्र प्रहरीले उक्त छोहडा बरामद गर्न सफल भएको हो ।