गृहपृष्ठ खबर प्रदेश २ मा थप १२० जनामा कोरोना संक्रमण, रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित

प्रदेश २ मा थप १२० जनामा कोरोना संक्रमण, रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित

प्रदेश २ मा आज एकैदिनमा थप १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झा जानकारी दिए।

उनका अनुसार रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका हुन्।

पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको छ। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ।

‘आज ठूलो संख्यामा प्रदेश २ मा कोरोना संक्रमित भेटिएका छन्,’ प्रवक्ता झाले भने,‘हामी अहिले जिल्लागत र महिला पुरूष गरेर संख्या अहिले छुट्टयाउँदै छौं।’

यसअघि सोमबारमात्रै प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सम्बन्धित् समाचार